१४ र १५ नम्वर वडामा लेखा व्यवस्थापन तालिम सम्पन्न

हेटौंडा, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा हेटौंडा उपमहानगरपालिका १४ र १५ नम्वर वडामा लेखा व्यवस्थापन तालिम बुधबार सम्पन्न भएको छ । हेटौंडा १४ र १५ मा रहेको टोल विकास संस्थाका कोषाध्यक्षलाई लक्षित गरी ३ दिने तालिम प्रदान गरिएको थियो ।

ADVERTISEMENT

टोल विकास संस्थाहरुको लेखा प्रणाली चुस्त दुरुस्त राख्न सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरेको टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका उपमहासचिव देवकुमार श्रेष्ठले जानकारी दिए ।

समितिका उपाध्यक्ष सति न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १५ नम्वर वडाका वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समितिका उपाध्यक्ष सति न्यौपाने र उपमहासचिव देवकुमार श्रेष्ठले तालिमको सहजीकरण गरेका थिए । तालिममा १४ र १५ नम्बर वडाका ३५ जनाको सहभागिता रहेको थियो । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाले हेटौंडाको ३, १९, १, १०, ११, १२, १३, १४ र १५ मा रहेका टोल विकास संस्थाका कोषाध्यक्षहरुसँग लेखा व्यवस्थापन तालिम सम्पन्न गरिसकेको छ भने अन्य वडामा बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya