हेटौंडा, माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिनको परीक्षामा एक सय ३८ जना अनुपस्थित भएका छन् ।
आज दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षामा नियमित तर्फ ७७ जना, प्राविधिक धारका ६ जना र ग्रेडवृद्धिका लागि फारम भरेका ६२ विद्यार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीले जानकारी दिए ।
यसपटक परीक्षाका लागि मकवानपुरमा २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । अघिल्लो वर्ष २६ केन्द्र रहेकोमा यस वर्ष कैलाश गाउँपालिकाका लागि कालिका मावि, कैलाश ९ र प्राविधिक धारका विद्यार्थीहरूका लागि श्रमिक मावि, हेटौँडा ४ केन्द्र थप गरिएको हो । मकवानपुरका एक सय ३९ विद्यालयबाट ७ हजार ४ सय ८१ विद्यार्थीले परीक्षा फारम भरेका थिए ।







