हेटौंडा, जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट पूर्ण क्षति व्यहोरेको उच्च अदालत पाटन हेटौंडा इजलासलाई भीमफेदी गाउँपालिकाले कम्प्युटरसहितका सामग्री सहयोग गरेको छ।
गाउँपालिका कार्यालयले बिहीबार अदालतलाई कम्प्युटर २ थान र प्रिन्टर ३ थान हस्तान्तरण गरेको हो। गाउँपालिका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन हेटौंडा इजलासका उप–रजिस्ट्रार बद्रीप्रसाद लामिछानेलाई सामग्री बुझाएका थिए।
आगजनीका कारण कम्प्युटर र प्रिन्टर जलेर नष्ट भएपछि अदालत सेवाग्राहीलाई आदेशको नक्कलसमेत फोटोकपी गरेर दिन नसक्ने अवस्थामा पुगेको उप–रजिस्ट्रार लामिछानेले जानकारी दिए। उनले भने, ‘आदेशको नक्कललाई फोटोकपी गरेर दिन पनि नसक्ने अवस्थामा पुगेका थियौं। तोडफोड भएको भवनमै प्रशासनिक काम सञ्चालन गरिरहेका छौं।’ आगजनीबाट इजलासको मुख्य भवनतर्फ माथिल्लो तलाको आधा भाग क्षतिग्रस्त भएको छ।
ADVERTISEMENT