हेटौंडा– बिश्व क्षयरोग दिवस ‘मार्च २४’ को अवसरमा हेटौंडा उपमहानगरपालिका क्षेत्रमा रहेर नियमित औषधि सेवन गरीरहेका १० जना बिरामीलाई सम्मान गरीएको छ ।
उपमहानगरपालिका क्षेत्रमा रहेर नियमित औषधि सेवन, जाँच र नियमअनुसार उपचार पुरा गरेका १० जनालाई पोषण युक्ता खाद्यान्ह र सवारी भाडा सहित सम्मान गरीएको हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुर्यप्रसाद तिवारीले बताए ।
उनका अनुसार बिरामी सहित नगर क्षेत्रमा रहेका स्वास्थ्य सस्था मध्य बिरामीको तथ्याङक दुरुस्त राखेको भन्दै शहरी स्वास्थ्य केन्द्र हेटौंडा–११ का प्रमुख मीनाकुमारीलाई सम्मान गरीएको छ ।
उनिहरुलाई नगर प्रमुख मीनाकुमारी लामाले पुरस्कार तथा सम्मान हस्तान्तरण गरेकी हुन् ।
‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौं, लगानीको प्रतिवद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता’ भन्ने नाराको साथ कार्यक्रम सञ्चालन भएको हो । स्वास्थ्य शाखाको तथ्याङ अनुसार उपमहानगरक्षेत्र बाट ५ वटा केन्द्र मार्फत खकार जाँच हुने गरेको छ भने चालु आर्थिक बर्षको फागुन मसान्त सम्म २०७ जना बिरामी दर्ता रहेका छन् । क्षयरोग परिक्षणका लागि जिनरिपोर्ट जाँच भने हेटौंडा अस्पतालमा हुने गरेको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम सहित उपमहनगरक्षेत्रका बिभिन्न स्वास्थ्य केन्द्रका प्रमुखहरुको सहभागिता रहेको थियो ।






