३४५ किलो गाँजा सहित घलान र मोक्तान पक्राउ

हेटौंडा, मकवानपुर प्रहरीले ३ क्विन्टल ४५ किलो गाँजासहित दुईजनालाई पक्रेको छ । राक्सिराङ गाउँपालिका–८ गोठडाँडाका २५ वर्षीय प्रेम घलान र सोही स्थानका ४८ वर्षीय ठाकुराम मोक्तानको घरबाट प्रहरीले गाँजा फेला पारेको हो ।

ADVERTISEMENT

घलानको घरकोठामा खानतलासीका क्रममा १६३ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस्तै ठाकुराम मोक्तानको घरबाट १८२ किलो ४०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौमतले जानकारी दिए । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक केशरकुमार न्यौपाने ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक कृष्णराज ढकालको कमाण्डमा खटिएको संयुक्त टोलीले घलान र मोक्तानको घरबाट गाँजासहित उनीहरुलाई पक्रेको हो ।

दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक गौतमले बताए । प्रहरी टोलीले शनिबार १३ क्विन्टल गाँजासहित कैलाश गाउँपालिकाबाट ५ जनालाई पक्रेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *