थाहा–१० टौखेलमा भएको दुर्घटनामा घाइतेको मृत्यु

हेटौँडा, मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–१० टौखेलमा भएको सवारी दुर्घटनामा घाइते भएका अमिर गोपालीको उपचारका क्रममा मृत्यु भएको छ ।

ADVERTISEMENT

टौखेल बस्ने ३२ वर्षीय गोपाली गत साउन १३ गते राति गणेशमान सिंह सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परेका थिए । बिसंखेबाट टौखेलतर्फ आउँदै गरेको बा।प्र।६६ प २३५२ नम्बरको मोटरसाइकल तीव्रगतिका कारण अनियन्त्रित भई तरकारी लोड गर्न सडक छेउमा रोकी राखिएको ना।७ ख ४२७६ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको थियो ।

घाइते गोपालीलाई तत्कालै उपचारका लागि काठमाडौंस्थित बी एण्ड बी अस्पताल लगिएको थियो । अवस्था जटिल भएपछि साउन २७ गते बनेपास्थित बिग केयर अस्पतालमा स्थानान्तरण गरिएको थियो । उपचारकै क्रममा शनिबार साँझ उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *