स्ववियुलाई लाेकप्रिय र विश्वासिलाे बनाऔँ: वडा अध्यक्ष सिग्देल

हेटाैँडा, हेटाैँडा उपमहानगरपालिका ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले स्ववियुले शैक्षिक गुणस्तर बृद्विकाे लागि महत्वपूर्ण भूमिका खेल्नु पर्ने र विध्यार्थीबीचमा स्ववियुलाई लाेकप्रिय र विश्वासिलाे रूपमा स्थापित गर्नुपर्ने बताउनु भयाे ।

ADVERTISEMENT

४ नं. वडा कार्यालयद्वारा आयाेजित हेटाैँडा उपमहानगरपालिका भित्रका नवनिर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सम्मान कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसकाे पूर्व सभापति समेत रहेका सिग्देलले स्ववियुले रचनात्मक क्रियाकलापद्वारा विद्यार्थीकाे चाैतर्फी विकास र शैक्षिकस्तर माथी उठाउन ध्यानदिन पर्नेमा जाेड दिनुभयाे । उहाँले स्ववियुकाे शुरूवात निरंकुश पंचायति व्यवस्थाविरूद्व विद्यार्थीले आवाज उठाउने क्रममा भएकाे स्मरण गर्दै विध्यार्थीहरू सधै लाेकतन्त्र र परिवर्तनकाे पक्षमा रहेकाे र बताउँनु भयाे ।

निरंकुशता र लाेकतन्त्रबीचकाे संघर्षमा सधै विद्यार्थी आन्दाेलन लाेकतन्त्रकाे पक्षमा रहेकाे बताउँदै  कसैले लाेकतन्त्रमाथी धावा बाेल्छ भने विद्यार्थी आफ्नाे गर्विलाे ईतिहासकाे निरन्तरता दिँदै उचित जवाफ दिनुपर्ने बताउँनु भयाे । सम्मान कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका स्ववियुका नवनिर्वाचित अध्यक्ष  प्रसिद्व रेग्मीले विद्यार्थीबीचमा रचनात्मक कार्य गर्ने र गणतन्त्रकाे विकल्प गणतन्त्र भएकाे बताउँनु भयाे ।

ADVERTISEMENT

त्यस्तै, हेटाैँडा बहुमुखी क्याम्पसका स्ववियुका नवनिर्वाचित अध्यक्ष अभि मैनालीले विद्यार्थीकाे अभिमतलाई आत्मसाथ गर्दै स्ववियुले जहिले विध्यार्थीकाे असल प्रतिनिधिकाे रूपमा काम गर्ने बताउनु भयाे । हेटाैँडा ४ नं. वडा कार्यालयले हेटाैँडा नगरभित्रका सामुदायिक क्याम्पसहरू मकवानपुर बहुमुखी क्याम्पस, हेटाैँडा बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, बंशगाेपाल बहुमुखी क्याम्पसका स्ववियुका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सम्मान गरिएकाे वडा सचिव पुस्पराज पाैडेलले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya