हेटौंडा, बिहान गाउँबाट हिड्यो लामो समयको यात्रा पछि पुगिन्थ्यो हेटौंडा स्थानिय लवाङ लामा सम्झन्छन् । चाडै हेटौंडा पुगेर काम भ्याएर फर्कन्छु भनेर हिड्यो धेरै पटक काम नसकेर बास बस्नुपरेको उनी बताउँछन् ।
गाउँको बाटो डाँडाँपाखा हुँदै धुलाम्य भएर बल्ल बल्ल थानाभ¥याङ उत्रिएर कपडा फेरी काम काजमा लाग्ने गरेका हामी अहिले छोटो समयमै हेटौंडा सम्मको यात्रा गर्न सक्ने भएकोमा खुशी भएको उनले बताए । तत्कालिन बसामाडि गाउँपालिकाबाट हेटौंडा उपमहानगरपालिकामा गाभिएको ध्याङसिंटार, शिखरकोट लगाएको क्षेत्रका बासिन्दा नकौंलि– भैरबडाँडाहुँदै हेटौंडा–११ थानाभ¥याङ उत्रेर बजार सम्मको यात्रा गर्ने गर्दथे ।
अहिले पनि पैदलयात्राबाट करिब ४ घण्टा र सवारी यात्राबाट झण्डै अढाई घण्टाको यात्रा गनुपर्ने हेटौंडा–१ का प्राबिधिक छठुलाल शाहले बताए । सुरुसुरुमा यहाँसम्म आउँदा लाग्ने समय र अहिलेको समयमा घेरै फरक भैसकेको उनि बताउछन् ।
हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–११ शहिद स्मारक सडकहुँदै गाउँजाने सडक निर्माण गरेसँगै स्थानियको बजारसँगको दुरी नजिकिएको हो । नबलपुरबाट स्मारकहुँदै पुन्यक्षेत्रजाने सडकबाट उकालो लागेपछि करिब २० मिनेटको सवारी यात्रामा गाउँसम्म पुग्ने अवस्था भएको हेटौंडा–१ का अध्यक्ष सबिन न्यौंपानेले बताए ।
ंजनप्रतिनिधिमा निर्वाचित भएसँगै स्थानियको बजारसँगको दुरीलाई घटाउनका लागि ७ बर्षको अवधिमा झण्डै १ करोड ५० लाख रुपियाँ सडकको निर्माण, स्ल्याब ढलान सहितका काममा खर्च भएसँगै यात्राको समय छोटिएको उनले बताए । डाँडापाखाको उकालो बाटो पैदल यात्राबाट सदरमुकाम सम्म आउँन दिनैमाया मार्नुपर्ने अवस्थालाई चिर्दै स्थानियको बजारसँगको पहुँचलाई सहज बनाउँने बताबरण तयार गरीएको उनले बताए ।
घण्टौंको पैदल यात्राबाट सदरमुकाम सम्म आउँथ्यौ, पछि सवारीमा पनि लामै समय पार गर्नुको बिकल्प हामिमा थिएन अब छोटो समयमा बजार पुग्ने अवस्था भयो हामि खुशी छौं, स्थानिय फुलमाया घलानले भनिन् ।
उपमहानगरपालिकाले गत आर्थिक बर्ष र चालु बर्षमा गरी ८३ लाख रुपियाँ बजेट सडकका लागि दिएको छ । गत आर्थिक बर्षमा ५० लाख र चालु बर्षमा दिएको ३३ लाख रुपयाँबाट बनदेवीबाट शिखरकोट जाने सडक अन्तर्गतको ५३० मिटर लामो सडकको स्तरीकरण र स्ल्याब ढलानको काम सुरु भएको छ । सुक्रबार सडकको नगर प्रमुख मीनाकुमारी लामा, उप प्रमुख राजेश बानियाँले संयुक्त रुपमा सडक निर्माणको शिलान्यास गरेका छन् ।
स्ल्याब ढलानको शिलान्यास गर्दै नगरप्रमुख लामाले गाउँलाई शहरसँगै चाडै जोडौं, नगरवासीले स्वास्थ्य सहितका सुबिधालाई सहजै उपभोग गर्ने अवस्था श्रृजना गर्नका लागि गाउँमा बिकासको काममा तिब्रता दिएको बताइन् । उनले उपमहानगरमा गाभिएका तत्कालिन पाँच गाबिसलाई लक्षित गर्दै बिकासका कामलाई अघि बढाइएको जानकारी दिइन् ।
नगर उपप्रमुख बानियाँले समानुपातिक बिकासको अवधारणमा अहिले उपमहानगर रहेको बताए । पहिले नगरपालिकामा रहेका ११ बडा भन्दा पछि थपिएका ठाउँको बिकास गर्न सके उपमहानगरको समग्र बिकास हुने धारणा रहेको बताए । उपमहानगरमा रहेर पनि शहरसँगको पहँुचमा कम्जोर रहेका ठाउँको बिकासमा ध्यान दिँदै अघि बढेको बताए ।
सडक निर्माणसँगै १ नम्बर वडाको ध्याङसिंटार, नकौंली र १९ को डुमारे, लेकपानी क्षेत्रका नगरपवासीहरुले आफ्नो कृषि उत्पादनलाई बजार सम्म ल्याउनेसँगै आवश्यक सुबिधाहरुबाट लाभाम्बिद हुने अवस्था बन्ने बताइएको छ ।