थाहा नगरपालिका विद्यार्थीलाई ‘करियर काउन्सिलिङ’

हेटौँडा, माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई थाहा नगरपालिकाले ‘करियर काउन्सिलिङ’ गरेको छ ।
थाहा नगरपालिकाको महिला,बालबालिका,जेष्ठ नागरिक तथा अपांग परिचयपत्र शाखा द्वारा आयोजित नगरपालिका भित्रका एस ई ई दिएर बसेका बिद्यार्थी र शिक्षकलाई करियर काउन्सिलिङ प्रदान गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रमको उद्घाटन गर्दै थाहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले विद्यार्थीहरुलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा सक्षम र सफल हुन सकिने भन्दै आफूलाई चिन्न आग्रह गरे। प्रधानले पारिवारिक दबाब भन्दा पनि आफ्नो क्षमता र आफ्नो इच्छाअनुसारको विषय छनोट गर्न आग्रह गरेका थिए।

कार्यक्रममा थाहा नगरपालिकाका शिक्षा संयोजक राजनभक्त श्रेष्ठले शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयले नै विद्यार्थीलाई सधैं ऊर्जावान् र सक्रिय बनाउने बिचार राख्दै विद्यार्थीका लागि अभिभावकको भूमिका अतुलनीय हुने कुरामा जोड दिए। कार्यक्रममा एस ई ई दिएर बसेका थाहाका १६ वटा संस्थागत तथा सामुदायिक विद्यालयका २ सय विद्यार्थीलाई मोटिभेसनल स्पिकर विश्व रमण न्यौपानेले सहभागीहरूलाई जीवन उपयोगी शिक्षा, आगामी दिनको तयारी र परीक्षा नतिजालाई कसरी लिने भन्ने विषयमा व्यावहारिक तालिम प्रदान गरेका थिए।पालुङ जेसीजको सभाहलमा आयोजित यस कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउने आशा लिएको महिला,बालबालिका शाखाकी शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिनुभयो।

महिला तथा बालबालिका समिती संयोजक अनिता बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिका शिक्षा समिती संयोजक राजनभक्त श्रेष्ठको बिशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा थाहा नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल,शिक्षक महासंघ थाहाका अध्यक्ष राजाराम कार्की,प्याव्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्की लगायत शिक्षक,विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya