जेठ १५ गतेबाट नवोदय नमुना संयुक्त राष्ट्र संघीय ‘मुन’ कार्यक्रम हुने

हेटौँडा, यही जेठ १५ गतेदेखि १७ गतेसम्म हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले नमुना संयुक्त राष्ट्रसंघ अर्थात् नवोदय मुन कार्यक्रम आयोजना गर्ने भएको छ । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले कार्यक्रमको बारेमा जानकारी दिईएको हो ।

ADVERTISEMENT

विद्यार्थीमा नेतृत्व विकास, सामुहिक छलफलमार्फत आफ्ना विचार र धारणालाई पस्किनसक्ने बनाउनका लागि कार्यक्रमको आयोजनालाई निरन्तरता दिँदै आएको बताइएको छ । यस्तै गतिविधिमा आधारित शिक्षालाई प्राथमिकता, नेतृत्व, व्यक्तित्व विकास, समालोचनात्मक सोचाई, सहकार्य, वादविवाद, लगायतका थुप्रै अन्तर्निहित प्रतिभाको उजागर, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत अन्तर्राष्ट्रिय नीति नियम, योजना तथा समस्याको समाधान बारे बृहत विश्लेषणका लागि कार्यक्रम आयोजना गरिएको नवोदय नमुना संयुक्त राष्ट्र परिषद्का महासचिव निकेश श्रीवास्तवले बताए ।

नवोदय नमुना संयुक्त राष्ट्रसंघको कार्यक्रमले विद्यार्थीमा सकारात्मक प्रभाव पारेको उनले बताए । वार्षिक रुपमा हुने गरेको यो कार्यक्रम वास्तविक संयुक्त राष्ट्रसंघलाई आधार मानेर सम्पन्न हुने गरेको छ । यसमा संयुक्त राष्ट्रसंघमा हुने सम्पूर्ण गतिविधिलाई अनुकरण गरिन्छ । यस कार्यक्रममा विभिन्न राष्ट्रका प्रतिनिधिको भूमिका निर्वाह गर्दै विद्यार्थीले राष्ट्रकै पक्षमा रहेर विश्वव्यापी मुद्दामा छलफल गर्ने गरेका छन् । करिब २५० जना विद्यार्थी सहभागिता रहने कार्यक्रममा ४ लाख रुपैयाँ खर्च हुने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *