हेटौंडा, मकवानपुरको मनहरी गाउँपालिका ७ रमनटारमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । बुधबार विहान करिब १० बजेको समयमा चितवनबाट हेटौंडातर्फ जादैँ गरेको ना ५ ख ३७८३ नम्बरको ट्रकले पैदल हिडीरहेका अन्दाजी ६ वर्षका उमेश प्रजालाई ठक्कर दिएको थियो ।
मनहरीमा घाइते प्रजाको प्राथमिक उपचार पश्चात चितवनको पुरानो मेडिकल कलेजमा थप उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
प्रजा मनहरीको राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए । ठक्कर दिएको ट्रक र चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको प्रवक्ता भण्डारीले बताए ।







