चितवन भेट्रान्सको विजयी सुरुवात

हेटौंडा, रोटरी क्लव अफ मकवानपुरको आयोजनामा आजबाट शुरु भएको तेस्रो रोटरी मकवानपुर पिप्ले–क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगितामा साविक विजेता चितवन भेट्रान्सले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नागस्वती भेट्रान्सलाई ट्राइवेकरमा पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको छ ।

ADVERTISEMENT

नागस्वतीलाई ट्राइवेकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । प्रतियोगितामा चितवन भेट्रान्सको गोलकिपर राजु शाही म्यान अफ द म्याच घोषित भए । रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

भदौ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले एकलाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकले १० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डले जनही नगद ५ हजार रुपैयाासहित ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगीताका लागि करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पहिलो र दोस्रो संस्करणको उपाधि चितवन भेट्रान्स क्लव चितवनले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *