पब्जीको प्रभाव

एकदिनको कुरा हो । एउटा गाउँमा आमा र छोरा बस्थे । छोराको नाम सागर थियो भने आमाको नाम सरिता थियो । एकदिन आमाले सागरलाई खाना खान बोलाउनु भयो । सागर खाना खान गयो । ऊ नमज्जाले लड्यो किनभने ऊ मोबाइलमा व्यस्त थियो । ऊ ढोकामा ठोकिएर लडेको थियो ।
उसले पब्जी खेलिरहेको थियो । “आमा तपाईँले गर्दा म हारेँ ।” उसले झर्किदै भन्यो । ऊ एकदमै बदमास थियो । ऊ १७ वर्ष हुँदा पनि यति बदमास छ । आमा खाना खाँदै हुनुहुन्थ्यो । सागरले आफ्नो भनेर उहाँको खाना खोसेर खायो । “बाबु तिमीले किन मेरो खाना खाएको ? यो मेरो खाना हो । तिम्रो खाना उता छ ।” भनेर आमाले भन्नुभयो । ऊ झर्किदै थाल फ्यालेर गयो ।
आमा उसको व्यवहार देखेर दुःखी हुनुभयो । समय बित्दै गयो । सागरको परीक्षा आयो र ऊ परीक्षामा फेल भयो । उसका सबै साथीहरू भने पास भए । यो कुराले सागर दुःखी भयो । उसले धेरै मोबाइल चलाएर आफ्नो पढाइ बिग्रिएको महसुस ग¥यो र राम्रोसँग पढेर अब पास हुने प्रण पनि ग¥यो । सागरले आफ्नो बानी सुधा¥यो । सागरको बानीमा सुधार आएसँगै आमा पनि खुसी हुनुभयो ।
नाम : कृतिष्मा खतिवडा
कक्षा : ३
नवोदय शिशु सदन

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3
विज्ञापन
Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya