मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाल सम्मानित

हेटौंडा, मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाल फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । फित्कौली डटकम सञ्चालनको एघारौँ वर्ष र अनलाइन पत्रिकाको तेस्रो वर्ष प्रवेशका अवसरमा आइतबार आयोजित एक कार्यक्रममा रिजाललाई २० हजार १ सय ५ रुपैयाँ नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

ADVERTISEMENT

फित्कौली डटकमा प्रधान सम्पादक नरनाथ लुइँटेललको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रा।डा गोविन्दराज भट्टराईले रिजाललाई सम्मान गरेका थिए । काठमाडौंका चट्याङ मास्टरलाई ‘बुढ्यौली विषयका भीष्मपितामह’का रूपमा सम्मानित गरिएको थियो ।

सर्लाही निवासी महेश थापालाई गोविन्द-विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार, सर्लाहीका महेश थापालाई गोविन्द-विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार, सुभाषचन्द्र देवकोटा (गोरखा)लाई फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य कविता पुरस्कार, सिन्धुपाल्चोकका देवीप्रसाद चापागाईंलाई फित्कौली राष्ट्रिय हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार र इलामका दीनानाथ पोख्रेललाई मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली कविता पुरस्कार अर्पण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya