रैथाने बाली प्रवर्द्धनमा जोड

हेटौँडा, मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा जोड दिएको छ । हराउँदै गएका कोदो, फापर, जुनेलो जस्ता पौष्टिकयुक्त अन्न बाली उत्पादन गर्न किसानलाई प्रोत्साहन गर्नुका साथै मूल्यको समेत निश्चितता गरिदिएपछि किसानहरू खुसी भएका छन् ।

ADVERTISEMENT

पालिकाले चालु आवको चैत समान्तसम्म सहकारीहरूमार्फत ८ टन फापर, ७ टन कोदो र एक टन जुनेलो सङ्कलन गरेको छ । विगत ३ वर्षदेखि गाउँपालिकाले कोदो, जुनेलो, धानकोदो र फापरको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ भने गाउँपालिकाले सहकारीहरूमार्फत खरिद गराई किसान र सहकारीलाई थप अनुदानसमेत दिँदै आएको गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । आर्थिक वर्ष २०७७/०७८ देखि नै कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेर सहकारीमार्फत उत्पादन खरिद गर्ने व्यवस्था गरिएको छ । कोदो, फापरसँगै धानकोदो र जुनेलोको पनि समर्थन मूल्य तोकेर खरिदबिक्री भइरहेको छ । उत्पादन गरेका बालीको राम्रो मूल्य पाउने निश्चितता भएपछि व्यावसायिक रूपमा खेती गर्ने किसान थपिएका छन् ।

गाउँपालिकाले चालु आर्थिक वर्षको लागि कोदो र धान कोदोको मूल्य प्रतिकिलो ५४ रुपैयाँ, जुनेलोको ८४ र फापरको एकसय रुपैयाँ मूल्य तोकेको थियो । न्यूनतम समर्थन मूल्य तोकिएका अन्नबालीमा गाउँपालिकाले थप प्रतिकिलो १० रुपियाँ अनुदानसमेत दिँदै आएको छ । सो अनुदान रकममध्ये प्रतिकिलो ६ रुपियाँ किसानले पाउनेछन् भने ४ रुपियाँ खरिद गर्ने कृषि सहकारीले पाउने गरेका छन् । गाउँपालिकाले चालु वर्ष अन्नबाली खरिद बिक्रीका लागि ५ लाख रुपियाँ अनुदान छुट्याएको कृषि शाखाले जनाएको छ।

ADVERTISEMENT

न्यूनतम समर्थन मूल्य निर्धारण भएपछि गाउँपालिकाले सूचनामार्फत इच्छुक फर्म र सहकारीलाई आह्वान गर्ने गरेको छ । सोअनुरूप गाउँपालिकामै रहेको दुइवटा सहकारीले बर्सेनि ती उत्पादन खरिद र बिक्री गरिरहेका छन् । अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले गाउँलेका सबै कोदो खरिद गरी कोदोको पीठोको ब्रान्डिङ गरी बजार पठाउने गरेको छ भने एकता स्वावलम्बन कृषि सहकारीले फापर र जुनेलो खरिद गरी बिक्री गर्ने गरेको छ ।

गढीका किसानले हाल डेढ बिगाहा क्षेत्रफलसम्म कोदो खेती गर्दै आएका छन् । पालिकाभित्र अनुमानित तीन सय हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको कृषि शाखा प्रमुख चौधरीले बताए । (स्रोतः गोरखापत्र)

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya