वेतखोल्सिमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु

हेटौँडा, मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ वेतखोल्सिमा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरुभएको छ ।

ADVERTISEMENT

श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समारोह समिति कालीमाई मन्दिर हेटौँडा -९ वेतखोल्सिको आयोजनामा आ धार्मिक विधि अनुसार उद्घाटन भएकोे हो।

ओम वैदिक सनातन धर्मको संरक्षण,सम्बर्द्धन गरि मूलतस् हेटौँडा उपमहानगरपालिका वडा नं -९ को धरोहरको रूपमा रहेको कालीमाई मन्दिरको अक्षय कोष स्थापनार्थको उद्धेश्यका साथ आयोजित महायज्ञको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकि मेयर मिना कुमारी लामाले गर्नु भएकोे हो ।

उद्घाटन पूर्व त्रिवेणी धामबाट झन् ल्याएर भागवत पुराण हुने स्थान कालिमाई मन्दिर परिषद्सम्म सयौ भक्तजनहरुको सहभागितामा कलश यात्रा गरिएको थियो ।

उद्घाटन मन्तव्य राख्दै मेयर मिना कुमारी लामाले भागवत पुराण सबै जातजाती र अन्य धर्मप्रति आस्था राख्ने जोकोहीले पनि श्रवण गर्नुपर्ने शास्त्र भएकोले सुनिदिन र सप्ताहलाई सफल पारिदिन आग्रह गर्नुभएको थियो।

प्रमुख कथा वाचनका रूपमा आचार्य पं गुरू श्री यदु कुमार अधिकारी रहनु भएको छ । प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म मण्डप पूजा ८ देखि १० सम्म भागवत् पाठ पारायण, ११ देखि ४ बजेसम्म कथा प्रवचन,साँझ ७ बजे देखि १० बजेसम्म एक अध्याय महतमे कथा, देव लिला झाँकी, चेतनामूलक नाटक लागायतका कर्यक्रम रहेको मन्दिर व्यवस्थापन समिति सदस्य सानु कार्की खड्काले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya