हेटौंडा, हेटौडा ६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाद्वारा शनिवार एक कार्यक्रमको आयोजना गरि गमला वितरण गरिएको छ । हेटौडा ६ मा रहेको रक्षादेवी टोल विकास संस्थाका ९० घरधुरीलाई गमला वितरण गरिएको हो ।
हेटौडा ६ वडा सदस्य मुना विकको प्रमुख आतिथ्यता एवम सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धरको सभाध्यक्षतामा गमला वितरण गरिएको हो ।
कार्यक्रममा मकवानपुरगढी ७ का वडा अध्यक्ष सूर्य बहादुर रुम्बा, हेटौडा ६ का निवर्तमान वडा अध्यक्ष अध्यक्ष अर्जुन प्रसाद चौलागाई, नेपाल पत्रकार महासंघ , मकवानपुर अध्यक्ष मणीराज गौतम, नवजीवन ज्योति क्लबका निवर्तमान अध्यक्ष श्रीराम पुडासैनी , उपाध्यक्ष जनकराज शर्मा, रक्षादेवी टोल विकास संस्था उपाध्यक्ष केशव प्रसाद कोईराला, सचिव राजकुमार फुयाल, सहकारीका सचिव अर्जुन प्रसाद हुमागाई, कोषाध्यक्ष सुभद्रा आचार्य लगायतको उपस्थिति रहेको थियो । रक्षादेवी टोल विकास संस्थालाई नमुना टोल वनाउने योजना अनुसार गमला वितरण गरिएको क्लबले जनाएको छ ।







