आश्रमको महायज्ञमा ४ करोड रकम संकलन

हेटौंडा , मानव सेवा आश्रम हेटौंडाले आयोजना गरेको महायज्ञमा ४ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।

हेटौंडा उपमहानगरपालिका-९ लामसुरेधापमा चैत १७ देखि २४ गतेसम्म आयोजित महायज्ञमा ४ करोड ८ लाख ९५ हजार ५ सय ८७ रुपैयाँ रकम संकलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष तारा लामिछानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

महायज्ञमा नगद, चेक र ‘क्यूआर’बाट एक करोड १७ लाख ८१ हजार ३ सय ४८ रुपैयाँ संकलन भएको लामिछानेले बताए । सरकारी निकाय, पालिका, संघसंस्था र व्यक्तिबाट २ करोड ८७ लाख ८१ हजार ३ सय ४८ रुपैयाँ प्रतिबद्धता आएको उनको भनाइ छ ।

हेटौंडा उपमहानगरपालिकाले एक करोड ५० लाख उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । त्यसैगरी उपमहानगरका वडा कार्यालय र गाउँपालिकाहरुले ३ लाखदेखि १० रुपैयाँसम्म उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button