किसान कल्याण सहकारीको अध्यक्षमा पुनः मोतिलाल लामा

हेटौंडा, हेटौंडा–८ मा रहेको किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः मोतिलाल लामा चयन भएका छन् । शनिबार भएको संस्थाको २५ औँ साधारणसभामा नवनिर्वाचित सञ्चालक समितिलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सहकारीको सञ्चालक समितिमा लामाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्माण भएको हो ।

ADVERTISEMENT

संस्थाको उपाध्यक्षमा रमेशकुमार पौडेल, सचिवमा कृष्णबहादुर श्रेष्ठ, कोषाध्यक्षमा उमानाथ आचार्य चयन भएका छन् । यसैगरी सदस्यमा कृष्णबहादुर श्रेष्ठ, रामप्रसाद ढकाल, गोपिनी खतिवडा, मिराकुमारी पौडेल, कल्पना विक, कुमार बहादुर केसी र धनलक्ष्मी थापा चयन भएका छन् । यसैगरी लेखा समिति संयोजकमा यशोदा कुमारी उप्रेती चयन भएका छन् भने सदस्यमा टिकाप्रसाद कडेँल र गोकर्ण तिवारी चयन भएका छन् । संस्थाका अध्यक्ष मोतिलाल लामाको अध्यक्षतामा भएको साधारणसभामा हेटौंडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष ध्रुवराज पुडासैनी, शेयर सदस्यतर्फ चेतनाथ आचार्य, मानबहादुर बयलकोटी, फुलबहादुर स्याङतान र सुनचरी स्याङतानलाई सम्मान गरेको छ । यसैगरी धिर्ता कर्जातर्फ सजिना डिम्डुङ्ग, पदमा देवी थापा, नुरेशा खातुन, बिना धितोकर्जामा राजु योञ्जन, मैया गुरुङ, गोकुल बहादुर चुनी, नियमित मासिक बचतमा उर्मिला नेपाल र मान बहादुर बल, बालबचतमा रिदम स्याङतान र प्रशन्ना भट्टराईलाई पुरस्कृत गरेको थियो । यसैगरी एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्य महानुभावहरुका छात्र/छात्रालाई पुरस्कृत गरेको थियो भने पत्रकार सुजन ढकाललाई सम्मान गरेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा संस्थाका अध्यक्ष मोतिलालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रमेशकुमार पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । १ हजार १ सय १७ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी १ करोड ३ लाख ६३ हजार ६ सय रुपैयाँ रहेको छ । बचत ऋणको कारोबार सँगै तेल उत्पादन गर्दै आइरहेको सहकारीले आफ्ना सदस्यलाई ६ करोड २० लाख ५ हजार ८४३ रुपैयाँ कर्जा लगानी गरेको छ । सभामा जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका घिमिरे दहाल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, वडा सदस्य राजु मुक्तान, गोरखबहादुर राय, हेटौंडा साकोसका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, सर्वोत्तम संचिति साकोसका उपाध्यक्ष हरिमाया ढकाल, नारायणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जंगबहादुर गुरुङलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *