हुप्रचौर सरसफाइ अभियान शुरु

हेटौंडा, हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको कार्यालयले लोकतान्त्रिक चौर (हुप्र) को वृहत सरसफाइ अभियानको शुरु गरेको छ । ‘हाम्रो हुप्र, राम्रो हुप्र– सफा हुप्र, सुन्दर हुप्र’ भन्ने मुल नाराका साथ शुक्रबार हुप्र सरसफाइ अभियानको थालनी
गरिएको हो ।

वडा कार्यालयको नेतृत्वमा टोल विकास संस्थाहरू, जिल्ला खेलकुद विकास समिति, विभिन्न खेलकुद संगठनहरू, सामाजिक अभियान सञ्जाल, हेटौँडा ४, गैर सरकारी संस्थाहरू, रोटरी, लायन, जेसीज, पताञ्जली योग समिति, मकवानपुर, हिमालयन राइटस्, भेटान्स क्लब, हेटौँडा ४ लगायतका संस्थाहरूको सहयोगमा बृहत् सरसफाइ कार्यक्रम भएको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

बागमती प्रदेश सभा सदस्य भारती पाठकको समेत उपस्थितिमा सरसफाई अभियान भएको हो । सरसफाई कार्यलाई निरन्तर राख्ने र हुप्रगेटको निर्माण, वृक्षरोपण, पर्खालहरुमा रङ लगाई हुप्रचौरलाई उज्यालो बनाउने वडा अध्यक्ष सिग्देलको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button