हुप्रचौर सरसफाइ अभियान शुरु

हेटौंडा, हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको कार्यालयले लोकतान्त्रिक चौर (हुप्र) को वृहत सरसफाइ अभियानको शुरु गरेको छ । ‘हाम्रो हुप्र, राम्रो हुप्र– सफा हुप्र, सुन्दर हुप्र’ भन्ने मुल नाराका साथ शुक्रबार हुप्र सरसफाइ अभियानको थालनी
गरिएको हो ।

ADVERTISEMENT

वडा कार्यालयको नेतृत्वमा टोल विकास संस्थाहरू, जिल्ला खेलकुद विकास समिति, विभिन्न खेलकुद संगठनहरू, सामाजिक अभियान सञ्जाल, हेटौँडा ४, गैर सरकारी संस्थाहरू, रोटरी, लायन, जेसीज, पताञ्जली योग समिति, मकवानपुर, हिमालयन राइटस्, भेटान्स क्लब, हेटौँडा ४ लगायतका संस्थाहरूको सहयोगमा बृहत् सरसफाइ कार्यक्रम भएको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

बागमती प्रदेश सभा सदस्य भारती पाठकको समेत उपस्थितिमा सरसफाई अभियान भएको हो । सरसफाई कार्यलाई निरन्तर राख्ने र हुप्रगेटको निर्माण, वृक्षरोपण, पर्खालहरुमा रङ लगाई हुप्रचौरलाई उज्यालो बनाउने वडा अध्यक्ष सिग्देलको जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya