हेटौँडामा तनाव व्यवस्थापन तथा सकारात्मक सोच सम्बन्धि अनुशिक्षण कार्यक्रम

हेटौँडा, हेटौँडामा तनाव व्यवस्थापन तथा सकारात्मक सोच सम्बन्धि एकदिवसीय अनुशिक्षण कार्यक्रम विहीबार हेटौँडामा भएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा हेटौंडा–११ को आयोजनामा कार्यक्रम भएको हो । सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० श्यामु अर्यालको प्रमुख आतिथ्य रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रमका प्रमुख अतिथि रहेका अर्यालले हेटौंडा क्षेत्रका बालबालिका लागूऔषध र साइबर अपराधमा संलग्नमा पाएकोले चिन्ताजनक अवस्था रहेको बताए । वर्तमान समाजमा तनाव एक सामान्य तर गम्भीर विषय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले व्यक्तिको मानसिक स्वास्थ्य सुदृढ बनाउँदै सभ्य र सकारात्मक समाज निर्माणमा सहयोग पुर्‍याउने उनले बताए । कार्यक्रममा हेटौँडा ११ का वडाध्यक्ष जुना दाहालले समाजमा सकारात्मक सोचको प्रवर्द्धनका लागि अनुशिक्षण कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताइन् । कार्यक्रममा सामाजिक संघ संस्था तथा समुदाय परिचालन शाखा प्रमुख गङ्गा चौलागाईंले समाजमा व्याप्त नकारात्मक प्रवृत्तिहरू हटाउन यस्ता परिवर्तनशील कार्यक्रम आवश्यक भएको बताए । अनुशिक्षणमा हेटौंडा–११ का ११ वटा टोल विकास संस्थाका ५५ जना प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा हेटौँडा ११ का वडा सदस्य गोपिनी सापकोटा, सामाजिक संघ संस्था तथा समुदाय परिचालन शाखा प्रमुख गङ्गा चौलागाईं, उपाध्यक्ष कृष्ण प्रसाद खनाल, सचिव खेमराज सापकोटा, सहसचिव दिवस पराजुली, पूर्व अध्यक्ष तथा सल्लाहकार सालिकराम पुडासैनी, हेटौंडा ११ टोल बिकास वडा समन्वय समिति अध्यक्ष यज्ञ बहादुर आचार्यलगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *