हेटौंडा, हेटौंडा–७ मा रहेको तासिर ईग्लिस सकेन्डरी विद्यालयको आयोजना तथा विद्यालयका संस्थापक राजन थापाको पिता स्वर्गीय रण बहादुर थापाको बर्षीक पुण्यतिथीको अवसरमा आयोजित छैठौँ रण बहादुर थापा स्मृति अन्तर विद्यालय हाजिरजवाफ प्रतियोगिताको उपाधी ब्रम्हदिक एकेडेमीले जित्न सफल भएको छ ।
हेटौंडा उपमहानगरपालिकामा रहेका २२ वटा विद्यालयले सहभागिता जनाएको छैठौँ संस्करणको रण बहादुर थापा स्मृति हाजिरजवाफ प्रतियोगिताको उपाधी ब्रम्हदिक एकेडेमीले हात पार्न सफल भएको हो। प्रतियोगितामा तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय दोस्रो र सोलिड्यारिटी इन्टरनेशनल विद्यालय तेस्रो भएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद २० हजार १५५, १५ हजार १५५ र १० हजार १५५ रुपैयाँसहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका संस्थापक राजन थापा, संस्थापक राजन थापाकी आमा निर कुमारी थापा, प्रमूख सल्लाहकार दिल बहादुुर श्रेष्ठ , विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम चौलागाई, प्रिन्सिपल विनोद थपलियालगायतको आतिथ्यता रहेको थियो । हेटौंडा–७ का पुर्व वडाअध्यक्ष समेत रहेका विद्यालयका संस्थापक राजन थापाले आफ्नो बाबुको पुण्यतिथीको अवसरमा प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आइरहेका छन् ।







