कृति प्रकाशन गर्ने १२ जना स्रष्टा सम्मानित

हेटौँडा, वि.सं. २०८१ सालमा कृति प्रकाशन गर्ने १२ जना स्रष्टालाई आज साहित्य सङ्गम मकवानपुरले एक कार्यक्रमका बीच सम्मान गरेको छ । साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा नियमित साहित्य सन्ध्या, विशेष साधारणसभा एवम् कृति प्रकाशन गर्ने स्रष्टालाई सम्मान गरेको हो ।

ADVERTISEMENT

२०८१ सालमा ‘अनुभूतिका आँखाहरु’ प्रकाशन गर्नुभएका ऋषिराम उपाध्याय पोखरेल, गजल संग्रह ‘घामका फूलहरु’ प्रकाशन गर्नुभएका तुलसी घिमिरे, नियात्रा संग्रह ‘संयात्राको संयोग’ प्रकाशन गर्नुभएका रमेशमोहन अधिकारी, कविता संग्रह ‘बहिष्कृत आवाज’ प्रकाशन गर्नुभएका यश लामालाई सम्मान गरेको छ । यसैगरी गीत संग्रह ‘आउँछ यादहरु’ प्रकाशन गर्नुभएका महेश सी आरोही, मुक्तक संग्रह ‘उज्यालोका बाछिटा’ प्रकाशन गर्नुभएका डीबी बर्तौला, गजल संग्रह ‘तृप्ति’ प्रकाशन गर्नुभएका राम कार्की, संस्मरण संग्रह ‘सम्झूँ कि बिर्सुँ’ प्रकाशन गर्नुभएका निर्मोही व्यास, मुक्तक संग्रह ‘गल्छेडाका धुनहरु’ प्रकाशन गर्नुभएका राजबाबु पहाडीलाई पनि सम्मान गरिएको छ । मुक्तक संग्रह ‘अन्तरध्वनि’ प्रकाशन गर्नुभएका किशन पौडेल, मुक्तक संग्रह ‘बन्द ढोकाको चित्कार’ प्रकाशन गर्नुभएका दिनेश शर्मा र कथा संग्रह ‘कठै’ प्रकाशन गर्नुभएका श्यामप्रसाद श्रेष्ठलाई सम्मान गरिएको हो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलले मकवानपुर जिल्ला साहित्य क्षेत्रको उर्वर भूमि रहेको जिकिर गरे । यही बैशाख १९ गते वडा कार्यालयको प्रबर्धकमा श्यामप्रसाद शर्मा स्मृति सम्मान कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिए । कार्यक्रममा सम्मानित व्यक्तित्व तथा विभिन्न व्यक्तिले आफ्नो रचना वाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya