बाराही माविलाई भीमफेदी गाउँपालिकाको स्कुल बस

हेटौंडा, भीमफेदी गाउँपालिका वडा नम्बर ४ मा रहेको बाराही माध्यमिक विद्यालयलाई भीमफेदी गाउँपालिकाले विद्यालय बस प्रदान गरेको छ । भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामा र उपाध्यक्ष सञ्जीव श्रेष्ठको उपस्थितमा एक कार्यक्रमको आयोजना गरि विद्यालयलाई बस हस्तान्तरण गरेको हो ।

ADVERTISEMENT

भीमफेदी गाउँपालिकाको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा उक्त बस सेवा सुरु गरिएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रमेश आचार्यले जानकारी दिए । साविक निबुवाटार गाविस हाल भीमफेदी गाउँपालिका वडा नम्बर ३ र ४ गरि दुईवटा वडा बनाइएको छ । दुईवटै वडाको लागि माध्यमिक तहको स्कुल भने बाराही माध्यमिक विद्यालय मात्र रहेको अध्यक्ष आचार्य बताउँछन् ।

उनले भौगोलिक हिसाबले विकट भएकोले स्थानीय अभिभावक र विद्यालयको माग बमोजिम गाउँपालिकाको अध्यक्ष हिदम लामा र उपाध्यक्ष सन्जीव श्रेष्ठको विशेष पहलमा यस विद्यालय बसको ब्यवस्था भएको बताए । कार्यक्रमका प्रमुख अतिथी भीमफेदी गाउँपालिकाको अध्यक्ष लामाले घण्टौ हिडेर आवत जावत गर्ने विद्यार्थी भाइबहिनीलाई सजिलो बनाउनको लागि बसको ब्यवस्था गरेको बताए । लामाले सबै अभिभावकलाई आग्रह गर्दै अब सरकारी विद्यालयमानै गुणस्तरीय शिक्षा प्रदान हुने भएकोले निर्धक्क भएर आफ्ना नानी बाबुलाई विद्यालय पठाउन अनुरोध गरे ।

कार्यक्रममा वडा अध्यक्षहरूका सागर पाण्डे, जहार सि· लामा, कासिराम बज्यु, प्रकाश पुडासैनी, विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद गौतम, शिक्षक अभिभावक विद्यालय लगाएको उपस्थित रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *