हेटौंडा, हिमालयन शेर्पा क्लब मकवानपुरमा जारी पाँचौ वाग्मती गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई टाइब्रेरकमा ४–२ गोलअन्तरले पराजित गर्दै शेर्पाले अघिल्लो चरणमा अमेरिकी क्लब भुटनजी युथसँग भिड्न्त पक्का गरेको हो ।
निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि टाइब्रेकरमा खेलको नतीजा छिनोफानो गरिएको थियो । टाइब्रेकरमा शेर्पाका लागि विकास लामा, सत्यम शर्मा, विश्वास श्रेष्ठ र इरिक बेलीले गोल गरे । आर्मीका लागि टेकबहादुर बुढाथोकी र भरत खवासले गोल गरे । निर्धारित समयमा आर्मीका लागि नवयुग श्रेष्ठ र शेर्पाका लागि विदेशी खेलाडीले प्रिन्सले गोल गरेका थिए ।
माघ ३ गतेसम्म सन्चालन हुने प्रतियोगितामा ७ वटा ए डिभिजन क्लव, एक विदेशी र दुई स्थानीय क्लव गरी १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ८ लाख, उपविजेताले ४ लाखसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।







