हेटौँडामा खैंजेडी भजन तालिम सुरु

हेटौँडा, हेटौंडा उपमहानगरपालिका १ नम्वर वडा कार्यालयको आयोजनामा सोमबारदेखि हेटौंडामा खैंजेडी बाजा तथा भजन तालिम सुरु भएको छ ।

ADVERTISEMENT

परम्परागत संस्कृतिको जगेर्ना गरौं भन्ने मुख्य उद्देश्य राखेर वडाले खैंजेडी भजन तालिम सुरु गरेको हो । तालिम उद्घाटन गर्दै वडा अध्यक्ष सविन न्यौपानेले खैंजेडी भजन तथा बाजा नेपालको पहिचान भएकोले यसको संरक्षण गर्नुपर्ने बताए । तालिमलाई व्यवहारमा उतार्न सके परम्पराको संरक्षणसँगै आयआर्जन पनि बृद्धि हुने उनले बताए । यसअघि १ नं। वडाले महिलाहरुलाई पञ्जेबाजा प्रशिक्षण दिएको थियो । हाल उक्त स्वर्गद्वारी महिला पञ्चेबाजा समूहले राम्रो आम्दानी गरिरहेको जानकारी दिँदै अध्यक्ष न्यौपानेले खैंजेडी भजन समूहले पनि राम्रो आयआर्जन गर्ने विश्वास व्यक्त गरे ।

मैनटारस्थित गतिशिल कृषि सहकारी संस्थासंग सम्झौता गरेर तालिम सुरु गरिएको हो । सहकारी संस्थाका रामप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी रसाइली, प्रशिक्षक बद्रीप्रसाद पुडासैनी लगायतले तालिमको महत्वबारे प्रकाश पारेका थिए । तालिममा २० जना महिला तथा पु्रुषको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *