चन्द्रागिरी सडकमा लोडरले किच्दा नुवाकोटका भण्डारी मृत्यु

हेटौंडा, थानकोट–चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

ADVERTISEMENT

शनिबार दिउँसो सो सडकको चन्द्रागिरि-चित्लाङ खण्डमा सडक मर्मतमा खटिएको लोडरले किच्दा एक जनाको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मृत्यु हुनेमा नुवाकोटका २९ वर्षीय सागर भण्डारी रहेका छन् ।

ADVERTISEMENT

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए । मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ ल्याइएको छ ।

लोडर चालकलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङले नियन्त्रण लिएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya