हेटौंडा, बस्तिपुर जेसीज हाँडीखोलाको अध्यक्षमा प्रेमबहादुर गोङ्बा सर्वसम्मत चयन भएका छन् ।
शनिबार भएको बस्तीपुर जेसीज हाँडीखोलाको १२ औँ अधिवेशनबाट वर्ष सन् २०२३ को लागि सर्वसम्मत नयाँ कार्य समिति चयन भएको हो ।
जेसीजको कार्यकारिणी उपाध्यक्षमा सन्तोष उप्रेती र शिवराज उप्रेती, उपाध्यक्षमा सन्दिप पाठक, सुरज बर्तौला, राम गिरी र हरेराम हटुवाल चयन भएको निर्वाचन आयुक्त राजेश भेटवालले जानकारी दिए ।






