हेटाैँडा/विकास जनताकाे लागि भएकाेले विकासमा जनताकाे सहभागिता र अपनत्व रहनुपर्ने हेटाैँडा ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भएकाे छ ।
भाैतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक पर्यटन, भाषा साँकृतिकाे प्रवर्द्वन, वातावरण संरक्षण र सामाजिक अभियान क्षेत्रमा प्राथमिकता साथ वडाले कार्य गरिरहेकाे अध्यक्ष सिग्देलले जानकारी दिनुभयाे । उहाँले ४ नं. वडा नगरकाे मुटु वडा भएकाेले नगरमा नै प्रतिनिधिमूलक कार्य अगाडि बढाउन वडा अग्रसर भएकाे बताउनु भयाे ।
कार्यक्रममा सहभागीहरूले वडा कार्यालयले गरेकाे कार्यप्रति सन्तुष्ट रहेकाे र थप कार्यहरू अगाडि बढाउन सुझाव दिएका छन् । उहाँहरूले विकासलाई चाैतर्फी अगाडि बढाउन साथ र सहयाेग रहने प्रतिबद्वता जनाएका छन् ।
वडा सदस्य गीता त्रिपाठीकाे अध्यक्षतामा भएकाे भेलामा समाजसेवी प्रदीप काेईराला, टाेल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकाेटी, २६ वटा टाेल विकास संस्था मध्ये आज शनिवार भएकाे वडा कार्यालले गरेकाे कामकाे समीक्षा र आगामी गर्नुपर्ने कामकाे सुझाव संकलन भेलामा ९ वटा टाेल विकास संस्थाका अध्यक्षहरू निरू अर्याल सुवेदी (गर्दाेही), शान्ति बराल (लक्ष्मी), गणेश श्रेष्ठ (चिल्ड्रेन पार्क), गंगा अर्याल (चिसापानी), राजु अर्याल (हरियाली), सुदर्शन ढकाल (प्रतिभानगर), स्वेता काेईराला (प्रजातान्त्रिक), आशा विष्ट (बीरेन्द्र नगर) र सुन्दर न्याैपाने (श्रद्वानगर) सहित टाेलबासीहरूकाे उपस्थिति रहेकाे थियाे । अन्य टाेल विकास विकास संस्थाकाे भेला बैशाख २९ गते हुने वडा सचिव रामप्रसाद गुरागाईँले जानकारी दिनुभयाे ।






