हेटौंडामा पालिकास्तरीय महिला भलिबल प्रतियोगिता हुने

हेटौँडा, यही जेठ ४ गतेबाट हेटौंडामा पालिकास्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । महिला भलिबल खेलाडीको पहिचान एवम् खेल क्षेत्रको विकासका निम्ति केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले पालिकास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

ADVERTISEMENT

जेठ ४ देखि ६ गतेसम्म हेटौंडाको हुप्रचौरमा प्रतियोगिता आयोजना गर्न लागिएको प्रतिष्ठानका महासचिव समेत रहेका भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौलाले जानकारी दिए । प्रतियोगिता मकवानपुरका १० पालिकाको महिला खेलाडीहरुले सहभागिता जनाउनेछन् । लिगकम नकआउटको आधारमा सञ्चालन हुने प्रतियोगितामा प्रत्येक पालिकाले जिल्ला बाहिरका २ खेलाडी सहभागी गराउन पाउनेछन् ।

प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ८० हजार र सेमिफाइनलमा पुग्ने अर्को दुइ टिमले समान ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ४ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् । पालिकास्तरीय भलिबल प्रतियोगिताको लागि करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *