एसोसिएसनले डेंगु नियन्त्रणका लागि बिबिध कार्यक्रम गर्ने

हेटौंडा, ४ असोज /अटोमोबाईल्स एसोसिएसन मकवानपुर हेटौंडाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ३ दिन डेंगु रोग नियन्त्रणका लागि विविध कार्यक्रम गर्ने भएको छ ।

ADVERTISEMENT

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी एसोसिएसनले बुधबार र बिहिबार दिउसो ४ बजे हेटौंडा उपमहानगरपालिका संगको सहकार्यमा ग्यारेज र आसपास क्षेत्रमा जनचेतना सहित डेंगी नियन्त्रण गर्न स्प्रे छर्कने, शुक्रवार बिहान ७ बजे बुद्धचोकमा खुल्ला रक्तदान कार्यक्रम गर्ने र शुक्रबार दिउँसो हेटौंडा अस्पताललाई १०० वटा डेंगु परिक्षण किट हस्तान्तरण गर्ने कार्यक्रम रहेको एसोसिएसनका अध्यक्ष दामोदर अटलले बताए ।

नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपालसंगको सहकार्यमा हुने कार्यक्रममा सहभागी हुन सम्पूर्णमा एसोसिएसनका महासचिब दिपेन्द्र उप्रेतीले आग्रह गरे । साथै नेपालको इतिहासमा पहिलो पटक भृकुटीमण्डपमा हुने यहि असोज ६,७,८ र ९ गते हुने विद्युतीय सवारी प्रदर्शनीमा सहभागी हुन समेत महासचिव उप्रेतीले अनुरोध गरे ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष धर्म रिमाल, निबर्तमान अध्यक्ष सागर सापकोटा लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो । २०५२ सालमा स्थापित एसोसिएसनले सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा र स्वास्थ्यको क्षेत्रमा विविध कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya