हेटौंडा, हेटौंडा अटोमोबाइल्स एशोसियसनले आफ्नो ३०औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत हेटौंडा–९, त्रिवेणी नगरस्थित त्रिवेणी आधारभूत विद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई झोला वितरण गरेको छ।
संस्थाका अध्यक्ष ऋषि ढकालको अध्यक्षतामा भएको कार्यक्रममा डा. गोपी बन्जारले १५ वटा विद्यालय झोला सौजन्य गरेका थिए भने पूर्व अध्यक्ष, सल्लाहकार तथा कार्य समिति सदस्यलगायतको सक्रिय आर्थिक सहयोगमा झोला वितरण गरेको हो । सुजन उप्रेतीको संयोजकत्वमा कार्यक्रम भएको हो ।
स्थानीय समुदायमा सकारात्मक सन्देश फैलाउने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममार्फत विद्यार्थीहरूको अध्ययनमा थप प्रोत्साहन मिल्ने अध्यक्ष ऋषि ढकालले बताए ।







