उपमहानगरपालिकाको गेटमा व्यवसायीको धर्ना

हेटौँडा, हेटौँडा उपमहानगरपालिकाको राजश्व वृद्धिकोविरुद्ध मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीले उपमहानगरपालिकाको गेटमा बुधबार धर्ना दिएका छन् । चरणबद्ध आन्दोलनअन्तर्गत उपमहानगरपालिकाको गेटमा आज व्यवसायीले बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना दिएका हुन् ।

ADVERTISEMENT

मकवानपुर उद्योग वाणिज्य संघको भवन हेटौँडा–२ बाट र्‍यालीसहित उपमहानगरपालिकाको गेटसम्म पुगेका सयौँ व्यवसायीले उपमहानगरपालिकाले वृद्धि गरेको कर खारेज गर्नुपर्ने माग राखेका छन् । अहिले आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई पलायन हुनेगरि विज्ञापन करसहितका अन्य करको दायरा १५० प्रतिशतसम्म बढाएको भन्दै उक्त कर बढाउने निर्णय खारेज नगरेसम्म आफूहरू आन्दोलित हुने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए ।
व्यवसायीहरूले कर वृद्धिको निर्णय खारेज हुनुपर्ने भन्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई मंगलबार नै ज्ञापनपत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *