हेटौंडा, नेपाल अडिटर्स एशोसिएसन (अडान) को छैठौं राष्ट्रिय अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले अध्यक्षमा केदार नाथ पौडेल, वरिष्ठ उपाध्यक्षमा बद्री प्रसाद भट्टराई , प्रथम उपाध्यक्षमा डोल प्रसाद दाहाल, द्वितिय उपाध्यक्षमा अब्दुल करिम खान, तृतीय उपाध्यक्षमा झलकमणि लम्साल र महिला उपाध्यक्षमा मिरा श्रेष्ठ चयन भएका छन् ।

यसैगरी प्रदेश १ को तर्फबाट उपाध्यक्ष पोषराज नेपाल, मधेस प्रदेशबाट प्रदिप कुमार यादव, उपत्यकाबाट भोलानाथ पाठक,बाग्मति प्रदेशबाट रामजी अधिकारी , गण्डकीबाट विल बहादुर भुजेल, लुम्बिनीबाट रमेश के सी, कर्णालीबाट बलराम रेग्मी र सुदुर पश्चिम प्रदेशबाट बहादुर सिंह बिष्ट चयन भएका छन् ।
महासचिवमा,प्रेमबहादुर श्रेष्ठ , उपमहासचिवमा मकवानपुरका राजेन्द्रप्रसाद ढुंगानासहित ५ जना , सचिवमा ८ जना र सदस्यहरु समेत ७९ जनाको कार्यसमिति चयन भएको छ । दुईदिन सम्म सञ्चालन भएको राष्ट्रिय अधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्द बहादुर पुनले गरेका थिए ।







