हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १२ औँ वार्षिकोत्सव

हेटौंडा, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो १२ औँ वार्षिकोत्सव बिहीबार एक कार्यक्रमका बीच सम्पन्न गरेको छ। कार्यक्रम बोर्ड अध्यक्ष प्रताप विष्टको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

ADVERTISEMENT

मेयर लामाले नागरिकका हक, अधिकार र सेवा प्रवाहप्रति राज्यका संरचनाहरू जिम्मेवार हुनुपर्ने बताइन्। उनले राजनीतिक नेतृत्व र प्रशासनले नागरिकका समस्या समाधान गर्न एकजुट हुनुपर्ने बताइन् । कार्यक्रममा बोर्डका उत्कृष्ट कर्मचारी तथा सेवा प्रयोगकर्तालाई सम्मान गरिएको थियो। उत्कृष्ट कार्यसम्पादनका आधारमा सब-इन्जिनियर प्रवीण कडरिया, प्लम्बर उपेन्द्रप्रसाद आचार्य, कनिष्ठ सहायक दीपिका केसी, सृजना अर्याल, मिटर रिडर सृजना पुलामी लगायत १८ जना कर्मचारीहरूलाई नगदसहित सम्मान गरिएको हो।

त्यस्तै, नियमित महसुल भुक्तानी गर्ने संस्थागत र व्यक्तिगत उपभोक्ताहरू—हेटौँडा सामुदायिक आँखा अस्पताल, तुलसीराम लामिछाने, महेशदेव भट्टराई, प्रेमबहादुर कार्की, प्रकाश पुरी, लक्षबहादुर थपलिया र राजु शिवाकोटीलाई पनि सम्मान गरिएको थियो। पानी चुहावटबारे समयमै जानकारी गराउने हेटौँडाका श्याम रिमाल, बद्री दाहाल, हर्क रम्तेल, रामबहादुर दुलाल, सुनिल शिवाकोटी, कृष्णबहादुर गोले र भरत निरौलालाई समेत कदर गरिएको छ।

स्वेच्छिक रूपमा पानी ट्याङ्की सञ्चालन गर्दै आएका मन्जुदेवी भुजेल, धनबहादुर पुलामी, हस्तबहादुर गोले र नन्दमाया थापा मगरलाई समेत सम्मान गरिएको छ। हाल बोर्डले दैनिक औसत ३ करोड ७० लाख लिटर पानी उत्पादन गरिरहेको छ। हेटौंडा उपमहानगरपालिकामा बसोबास गर्ने करिब १ लाख ६५ हजार नगरबासीलाई २८,४६३ वटा धारामार्फत दैनिक ९ घण्टा पानी वितरण भइरहेको छ। हेटौंडा उपमहानगरपालिकाले नगरबासीहरुलाई सहयोग पु¥याउने उद्देश्यले २०७९ साल भदौ महिना देखि न्यूनतम १० हजार लिटर पानी महशुल निःशुल्क गर्दै आएको छ । यसबाट १० हजार लिटर मात्र खानेपानी खपत गर्ने उपभोक्ताहरु लाभान्वित भएका छन् ।

कार्यक्रममा बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहनकुमार शाक्य, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर, वडा अध्यक्ष जुना दाहाल, कृष्ण गोपाल महर्जन लगायतको उपस्थिति थियो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *