बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको राजीनामा

हेटौंडा, बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिनुभएको छ । उहाँले बुधवार नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम सभामुख पद परित्याग गर्नुभएको हो । पाठकले भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गर्नुभएको थियो । तर कानुनी प्रक्रिया पूरा गर्न प्राविधिक कारणले ढिलाइ भएपछि बुधवार औपचारिक रूपमा राजीनामा दिनुभएको हो ।

ADVERTISEMENT

“गत भदौ २३ गते जेन–जीको भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनका क्रममा भएको अस्वाभाविक बलप्रयोगले राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरेपछि म अत्यन्तै भावविह्वल भएँ। राष्ट्र रोइरहेको बेलामा नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु अनुचित हुन्छ भन्ने लागेर राजीनामा दिएको हुँ,” उहाँले भन्नुभयो ।

पाठकले आफ्नो राजीनामा पत्र उपसभामुख अप्सरा चापागाईँलाई बुझाउनुभएको हो । राप्रपाबाट निर्वाचित पाठकको कार्यकाल आन्दोलनकै बीचमा समाप्त भएको हो । आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बागमती प्रदेशसभाको नयाँ र पुरानो दुवै भवन जलेर ध्वस्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *