बागमती प्रदेशसभाको अर्को बैठक जेठ १९ गते


हेटाँैडा, बागमती प्रदेशसभाको अर्को बैठक जेठ १९ गते बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।

ADVERTISEMENT

जेठ १९ गते बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने जनाइएको छ। छलफलका लागि जेठ १९, २० र २१ गते समय तोकिएको छ। प्रदेशसभा सचिव रामकुमार पौडेलले सो बैठकमा विशेष समय र शून्य समयको कार्यसूची रहने जानकारी दिए।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *