क्रिकेट प्रतियोगितामा मकवानपुरको विजयी शुरुवात

हेटौंडा, बागमती प्रदेश स्तरीय प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट छनौट प्रतियोगितामा मकवानपुर क्रिकेट टीमले विजयी शुरुवात गरेको छ । काठमाडौको मुलपानीमा सोमबार भएको छनौट प्रतियोगितामा मकवानपुरले चितवन क्रिकेट टीमलाई ६ विकेटले पराजित गरेको हो ।

ADVERTISEMENT

टस हारेर शुरुमा ब्याटिङको निम्तो पाएको चितवनले ३८ दशमलव ४ ओभरमा अल आउट हुँदै ९३ रन मात्रै जोड्न सफल भयो । मकवानपुरको लागि रिजन ढकाल, रामनरेश गिरी र अशिम श्रेष्ठले समान तीन/तीन विकेट लिए ।

९४ रनको लक्ष्य पाएको मकवानपुरले २५ दशमलव ५ ओभर खेल्दै ४ विकेटको क्षेतीमा विजयी हाँसिल ग¥यो । प्रतियोगितामा १९ रन दिएर ३ विकेट लिएका रामनरेश गिरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको समूह ए मा ललितपुर, काठमाडौं, नुवाकोट र भक्तपुर रहेको छ भने समूह बी मा चितवन, मकवानपुर, त्रिभूवन यूनिभर्सिटी रहेको छ । मकवानपुरले आफ्नो दोस्रो खेल कार्तिक २ गते त्रिभूवन यूनिभर्सिटीसँग खेल्दैछ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya