नदीजन्य पदार्थ ओसारपसार गर्ने १३ वटा ट्याक्टर नियन्त्रण

हेटौँडा, मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने १३ वटा ट्याक्टर मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले अवैध रुपमा नदीजन्य पदार्थ (ढुङ्गा/बालुवा) उत्खनन तथा ओसारपसार गर्दै गरेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएका ट्याक्टरमा ना. ५ त ७१८६, बा.प्र.०३–००१ त ३९९, प्रदेश २–०३–००१ त ४१०८, ना.७ त २०६४, ना. ६ त ३५६६, ना. ३ त १४७५, ना. ६ त ९८९९, बा.प्र.०३–००१ त ४७४, ना. ७ त १३३, बा.प्र.०३–००१ त ४४४, ना. ४ त ४०४९, प्र.२–०३–००१त ६७६८ र प्र २–०३–००१ त ६४८० नम्बरको ट्याक्टर रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya