वाइ वाइ यू–१९ महिला छनोटः मकवानपुरले नुवाकोटलाई १० रनले हरायो

हेटौँडा, वाइ वाइ यू–१९ महिला बागमती प्रदेश छनोट प्रतियोगितामा मकवानपुरले विजयी सुरुवात गरेको छ । काठमाडौँको माथिल्लो मुलपानी मैदानमा बुधबार भएको खेलमा मकवानपुरले नुवाकोटलाई १० रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

ADVERTISEMENT

मकवानपुरले दिएको ७९ रनको सामान्य लक्ष्य पछ्याएको नुवाकोट १५ ओभरमै ६८ रनमा अलआउट भयो । टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७८ रन बनाएको थियो । मकवानपुरका लागि पुजना दाहालले २० बलमा ५ रन तथा सुभाना ढकालले ३२ बलमा अविजित ४ रन जोडिन् ।

नुवाकोटका लागि उनिस्का न्यौपानेले ४ विकेट लिँदा आरजु यादवले २ विकेट हात पारिन् । जवाफी ब्याटिङमा आएको नुवाकोटका लागि सान्भी बिष्टले ११ बलमा ९ रन तथा सबिना श्रेष्ठले ६ रन बनाइन् । तर अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा टोली सस्तैमा समेटियो । मकवानपुरका लागि पुजना दाहालले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन् भने ऋतिका थापाले २ विकेट हात पारिन् । अलराउण्ड प्रदर्शन गरेकी पुजना दाहाल प्लेयर अफ द म्याच घोषित भइन् । भोलि मकवानपुरले बिहान ९ बजे काठमाडौँसँग प्रतिस्पर्धा गर्ने मकवानपुर यू १९ महिलाका प्रशिक्षक रामनरेश गिरीले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *