नमुना प्रगति सहकारीको शिक्षा शिविर

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको नमुना प्रगति बचत तथा ऋण सहकारी संस्थाले एक दिने सहकारी शिक्षा शिविर सञ्चालन गरेको छ । शुक्रबार संस्थाको आफ्नै भवनमा शेयर सदस्यलाई सहकारी शिक्षा प्रदान गरिएको हो ।

ADVERTISEMENT

संस्थाका सञ्चालक सदस्य एंव शिक्षा उपसमितिका संयोजक अर्पण पराजुलीको अध्यक्षता तथा संस्थाका अध्यक्ष मिठाराम दाहालको प्रमुख आतिथ्यतामा शिविर सञ्चालन गरिएको थियो । सहकारीको वार्षिक कार्यक्रम अन्तरगत सदस्यहरुलाई बचत तथा ऋणका नीति, समग्र सहकारीको नीति नियम र सहकारीको महत्व यसको प्रभावबारे जानकारी दिइएको थियो ।

शिविरलाई शिक्षा समितिका संयोजक पराजुलीले सहजीकरण गरेका थिए भने संस्थाका व्यवस्थापक बद्रीप्रसाद भण्डारीले संस्थाको संस्थागत विवरणबारे जानकारी गराएका थिए । संचालक समिति, लेखा समिति, शिक्षा उपसमितिका सदस्य सहिति शिविरमा ४१ जनाको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya