सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चुनौति र अवसर विषयक कार्यशाला आयोजना

हेटौँडा, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा शनिबार हेटौँडामा सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चुनौति र अवसर विषयक कार्यशाला आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेकी लामाले समाजलाई सुसुचित गरेर नेतृत्वमा बसेकाहरुलाई जवाफदेहिता बनाउने गरी सञ्चारकर्मीहरुले आफ्नो कलम चलाउनुपर्ने जोड दिईएकी थिइन् । हिनता, त्रास र डरमा भएको नेतृत्वले समाजको विकास गर्न नसक्ने मेयर लामाको दावी रहेको थियो। कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयका प्रमुख रेवती सापकोटाले रचनात्मक पत्रकारिता, एआईले निम्त्याउने चूनौति र यसका सकारात्मक पक्षहरू विषयमा प्रस्तुति दिएका थिए भने नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र विपद् पत्रकारिता सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले प्रविधिको तीव्र विकासले परम्परागत रुमा पत्रकारिता गर्ने सञ्चारमाध्यम संकटमा परिरहेको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, पत्रकार महासंघ बागमती प्रदेशका सस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईं, पत्रकार महासंघ मकवानपुरकी सल्लाहकार अञ्जली थापा, पत्रकार महासंघका पूर्व अध्यक्ष राममणी दाहाल, भानभुक्त आचार्यलगायतको आतिथ्यता रहेको थियो । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा कार्यशाला आयोजना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *