हेटौंडा, नेवाः गुठी खलः हेटौंडाको अध्यक्षमा विकेशलाल श्रेष्ठ चयन भएका छन् । शनिबार भएको नेवाः गुठी खलः को नगर कमिटी भेलाबाट विकेशको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा शिवनारायण श्रेष्ठ, सचिव शिव कुमार श्रेष्ठ, कोषाध्यक्ष सुरक्षा राजथला, सहसचिव विक्की खड्गे चयन भएका छन् ।
सदस्यमा इशा मानन्धर, विपिन ताम्राकार, निराजनमान श्रेष्ठ, सागर श्रेष्ठ, राज खड्गी, उज्जवल राज शाक्य, अपिल खड्गे, सुनकेशरी श्रेष्ठ, राजक शाही र अमित श्रेष्ठ चयन हुनुभएको छ । कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।







