हेटौंडा, मकवानपुर जिल्ला भलिबल संघको अध्यक्षमा बसन्त कुमार सिटौला चयन भएका छन् । बुधबार भएको संघको पाचौँ अधिवेशनबाट सिटौलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कमिटी चयन भएको हो ।

संघको उपाध्यक्षमा ईन्द्रप्रसाद सञ्जेल र चुँडा खड्का, महासचिवमा सन्तोष श्रेष्ठ र कोषाध्यक्षमा शंकर कार्की चयन भएका छन् । यसैगरी सदस्यमा मनोज लामा वाइवा, ईन्द्र बज्राचार्य, कमल बिडारी, सजिता पोखरेल, सिशम माझी, राजु घले र रञ्जन अमात्य चयन भएका हुन् । सदस्यमा पछि २ जना थप गरिने संघका अध्यक्ष सिटौलाले जानकारी दिए ।
संघका अध्यक्ष विन्द्रलाल श्रेष्ठको अध्यक्षता तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमार राज सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।







