लागूऔषध गाँजासहित २ महिला पक्राउ

हेटौँडा, मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको छ । हेटौंडा १५ रातोमाटेमा हेटांैडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ३ ख ८३९४ नम्बरको बस चेकिङको क्रममा २ महिला पक्राउ परेका हुन् ।

ADVERTISEMENT

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका २ का ४० वर्षीया फूलमाया स्याङ्बो र ३० वर्षकी निर्मला मोक्तान रहेका छन् । बसमा यात्रा गरी आएका उनीहरुलाई शंकाको आधारमा बसबाट ओरालेर खानतलासी गर्दा १० किलो ४ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya