रोग लाग्न नदिन जीवनशैली परिवर्तन गर्नुपर्छः मुख्यमन्त्री लामा

हेटौंडा, जेठ २८ – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले रोग लागेपछि उपचार खोज्नेभन्दा रोग नै नलाग्ने जीवनशैली अपनाउनु दीर्घकालीन समाधान हुने बताउनुभएको छ।

ADVERTISEMENT

बुधबार हेटौंडामा आयोजित प्रदेशस्तरीय औषधि तथा उपकरणको प्रक्षेपण सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले आवश्यकता भन्दा बढी औषधि माग गर्ने प्रवृत्ति रहेको भन्दै औषधिको अत्यधिक प्रयोगभन्दा नियमित व्यायाम र स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्ने बताए।

“औषधि वितरणमा भन्दा रोग नलाग्ने कुरामा ध्यान दिनुपर्ने बेला आएको छ,” मुख्यमन्त्री लामाले भन्नुभयो। साथै, उहाँले औषधि र उपकरण खरिद प्रक्रिया पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै, कम मूल्यमा बोलपत्र पर्नेक्रमले गुणस्तरमा असर पार्ने गरेको बताए।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बजेट अभावका कारण प्रदेश तथा स्थानीय स्वास्थ्य संस्थाहरूमा सेवा दिन चुनौतीपूर्ण रहेको बताए। “स्वास्थ्य सेवालाई विस्तार गर्न सरकार प्रतिवद्ध छ,” उहाँले भनुभयो, “तर बजेट सीमित भएकाले ‘मेरो लागि एक घण्टा समय’ भन्ने नारासहित रोग नलाग्ने अभियानमा मन्त्रालय केन्द्रित हुनेछ।”

स्वास्थ्य मन्त्रालयकी सचिव डा। सुमित्रा गौतमले अस्पतालमा बिरामीको चाप बढिरहेको बताउँदै सेवा तथा पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याइन्। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा। अर्जुन सापकोटाले औषधि र उपकरणको आपूर्तिमा सन्तुलन कायम गर्न योजना तयार गरिएको जानकारी गराए।

Advertisement 5

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, नेकपा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेल, प्रदेशसभा सदस्य भरत केसी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा। गङ्गादत्त नेपाल, सदस्य डा। दिपेन्द्र श्रेष्ठ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। प्रदीप ज्ञवालीको समेत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *