चैनपुर जेसीज मनहरीद्वारा ओम शान्ति भवनलाई सिमेण्ट सहयोग

हेटौंडा, चैनपुर जेसीज मनहरीले मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेमा निर्माणाधीन ओम शान्ति भवनलाई सिमेण्ट सहयोग गरेको छ । जेसीजका अध्यक्ष रविन ढकालको जन्मदिनको सन्दर्भ पारेर सोमबार एक कार्यक्रमकाबीच ओम शान्ति भवनका लागि २० बोरा सिमेण्ट सहयोग गरिएको हो ।

ADVERTISEMENT

फजुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा संस्थालाई आवश्यक सहयोग गरिएको अध्यक्ष ढकालले बताए । कार्यक्रम संयोजक सुरज ढुंगानाको संयोजकत्वमा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो । वडा अध्यक्ष थापाले सामाजिक कार्य गरेर जन्मदिन मनाउने कार्यको सबैले अनुशरण गर्नुपर्ने बताए । चालु आर्थिक वर्षमा समेत ओम शान्तिको भवनका लागि बजेट विनियोजन गरेको स्मरण गराउँदै वडा अध्यक्ष थापाले आगामी वर्षका लागि पनि सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पछिल्लो समय स्थापना भएको चैनपुर जेसीज मनहरी यस क्षेत्रको विकास एवम् समाज परिवर्तनको साझेदारको रुपमा अघि बढेकोमा खुसी व्यक्त गरे । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र ओम शान्तिका सञ्चालक सुशिला दिदीले धर्मले मानिसलाई अनुशासित बनाउने उल्लेख गर्दै सबैको सहयोगबाट संस्था सञ्चालन भैरहेको जानकारी दिइन् । धर्मकर्म तथा सामाजिक कार्यमा युवा पुस्ताले ध्यान दिन जरुरी रहेको उनको सुझाव थियो । जेसीजका अध्यक्ष सल्लाहकार विदुर विक्रम थापाले जन्मदिन तथा विवाह उत्सवमा अनावश्यक खर्च गर्नु सट्टा समाजमा सकेको सहयोग गर्ने कार्यलाई सबैले अनुशरण गर्दै अघि बढ्नुपर्ने बताए । कार्यक्रममा जेसीजका कार्यकारिणी उपाध्यक्ष सुरेश गौतमले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

ADVERTISEMENT

सहयोग हस्तान्तरण कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, वन मसिने शान्ति सामुदायिक वन समितिका अध्यक्ष रामहरि विष्ट, पशुपति टोल विकास संस्थाका अध्यक्ष बालमुकुन्द ढकाल, उज्वल भविष्य मध्यवर्ती समूहका अध्यक्ष नवराज गौतम, पशुपतिनाथ माविका अध्यक्ष माधव गौतम लगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya