एमालेमा फर्किँदै एसका नेता कार्यकर्ता

हेटौंडा, नेकपा एकीकृत (समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य आकाश अधिकारीसहित क्याम्पस कमिटीका करिब ४० जना विद्यार्थी नेताहरु नेकपा एमालेमा फर्केका छन् । नेकपा एमाले विभाजनपछि बनेको नेकपा एसबाट फेरि एमालेमै फर्किनेहरु बढेका छन् ।

ADVERTISEMENT

यसैगरी नेकपा एकीकृत समाजवादीका ४ नं वडा अध्यक्ष, नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय सदस्य निरजसिं ठकुरी पनि एमालेमा फर्किएका छन् । नेकपा एमाले ४ नं वडा कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा तरूण दल ४ नं वडा सचिव निरोज बानियाँसहित रोशन क्षेत्री, विशाल न्यौपानेलगायत एमाले प्रवेश गरेका छन् । एमालेमा फर्कने क्रममा ठकुरीले कम्युनिष्ट पार्टी अब टुटफुट नभई नेकपा एमालेको मूलप्रवाहमा समाहित हुनुपर्ने बताएका थिए । एमालेले पुनः पार्टी प्रवेश गर्नको लागि ‘घर फर्क अभियान’ कार्यक्रम सञ्चालन गरिरहेको छ । एमालेमा नेकपा नेताहरु पनि फर्किसकेका छन् ।

यसअघि नै नेकपा एसका तेस्रो वरियताका वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने र सचिव भागवत विश्वासीसहित ३० केन्द्रीय सदस्य र १३ जना जिल्ला अध्यक्षहरू एमालेमा फर्किसकेका छन् । नेकपा एसभित्र पछिल्लो समय संगठनात्मक र अध्यक्ष माधव नेपालसँगको असहमतिको विवाद मात्र होइन वैचारिक विवाद समेत चर्किएको नेताहरुको भनाई छ । केही नेता सार्वजनिक रूपमै निष्क्रिय बसेका छन् भने केहीले एमालेसँग सामुहिक रुपमै फर्किनका लागि वार्ता चलाइरहेको जानकारीमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya