हेटौँडा , मकवानपुरको राक्सिराङबाट लागूऔषध र हातहतियार खरखजनासहित एक जनालाई पक्राउ गरिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बाट लागूऔषध र हातहतियार ९२ थान पेस्तोल० सहित एक जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँ पालिका–१ स्थित राजु स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्काका अनुसार विशेष सूचनाका आधारमा गत शनिबार स्याङतानको घरमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध अफिम र गाँजा बरामद भएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा स्याङतानलाई उनकै घर अगाडी फेला पारी शरीर तथा घर, गोठ समेतको खानतलासी गर्दा उनी सुत्ने कोठाको सिरानी मुनी कपडामा बेरी राखेको अवस्थामा ७।६५ एमएम यसनभर्सल मेड इन इटली ०२५ लेखिएको म्याग्जिन सहितको पेस्तोल १ थान, खाली म्यागजिन थप १ थान र गोली ९राउन्ड० १३ थान फेला परेको थियो भने स्याङ्तानको गोठको दोस्रो तल्लामा मकैको खोस्टा तथा पत्करहरू भित्र कपडामा बेरर प्लास्टिकको झोलाभित्र राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र ८ एमएम लेखेको गोली ९कार्तुस० १२ राउन्ड फेला परेको प्रहरी उपरीक्षक खड्काले बताए ।
स्याङ्तानको साथबाट लागुऔषध अफिम एक किलो ३१० ग्राम र गाँजा २२ किलो ८०० ग्राम फेला परेको प्रहरी उपरीक्षक खड्काले बताए । स्याङ्तानलाई पक्राउ गरी लागुऔषध तथा खरखजना कसुरमा मुद्दामा अनुसन्धान कार्य भइरहेको उनले बताए ।
उनका अनुसार पक्राउ परेका स्याङतानको विगतमा पनि आपराधिक कार्यमा संलग्न रहेर सजाय काटिसकेका थिए । स्याङ्तानले गत २०७६ साउन ४ गते लागुऔषध तथा हातहतियार मुद्दामा पक्राउ परी ५ वर्ष ६ महिना कैद सजाय काटेका थिए । सजाय भुक्तान गरी गत २०८१ माघ महिनामा छुटेको थिए भने त्यसअघि ०७१ मा लागुऔषध मुद्दामा पक्राउ परेका स्याङ्तानले २ वर्ष कैद सजाय भुक्तान गरेका थिए ।






