थाहा नगरमा सवारीसाधनको ठक्करबाट वृद्धको मृत्यु

हेटौँडा, थाहा नगरपालिका–१ कुन्छालस्थित कुन्छाल–कुलेखानी सडकखण्डमा अज्ञात सवारीसाधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय पालुङका अनुसार बज्रबाराहीबाट पालुङतर्फ गइरहेको सवारीसाधनले पैदल यात्रा गरिरहेका थाहा नगरपालिका–६ का ७१ वर्षीय सीताराम महर्जनलाई ठक्कर दिएको थियो।

ADVERTISEMENT

ठक्करबाट गम्भीर घाइते भएका महर्जनलाई प्रारम्भिक उपचारका लागि बज्रबाराही स्वास्थ्य चौकीमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा साँझ ५ बजे सशस्त्र प्रहरी बल अस्पताल, सतुङ्गलमा पुर्‍याउने वित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

दुर्घटनामा संलग्न सवारीसाधनको नम्बर र प्रकार हालसम्म खुल्न सकेको छैन। फरार सवारी चालक र सवारीसाधनको पहिचान तथा खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *